गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको छ ।
जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुषालले जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि बन्द रहेको बताए । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक व्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत् उत्पादन बन्द भएको छ । भारतले जलविद्युत् केन्द्रको नहर बन्द (क्यानल सटडाउन) गरेपछि विद्युत् उत्पादन रोकिएको उनले बताए । गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उनले बताएका छन् ।
लामो समयदेखि प्रत्येक वर्ष नहरमा पानी बन्द गर्ने चलन रहेको छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युतमा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ ।
यसअनुसार भारतको उतर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाई तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुषालले बताए । भारतीय पक्षले हरेक वर्ष कार्तिक–मङ्सिर र चैत–वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्ने गरेको छ । यसले गर्दा हाम्रो घाटा हुने गरेको उनले बताए।















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया