१६ वर्षकै उमेरमा डिभोर्स भयाे, जीवनमा धेरै पाठ सिकेँ : मिस पबी

काठमाडौं । चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पबी)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् ।
एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् ।
‘१६ वर्षको उमेरमा भएको थियो । म यो कुराहरू कहिले एक्सपोज पनि गर्न चाहँदिन थिए । म हैन नै भन्छु । किनभने कानुनी रूपमा केही पनि भएको थिएन । त्यो गैरकानुनी कुरा थियो । तर म कसैलाई नराम्रो भन्न चाहन्नँ,’ उनले कार्यक्रममा भनेकी छन् ।
कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न । जुन कुरा भएको थियो, सक्कियो । यसमा पछुतो छैन’ उनले भनेकी छन्, ‘त्यहाँबाट धेरै कुरा सिक्न पाएँ । लाइफमा अघि बढ्नुपर्छ भन्ने कुरा सिकेँ ।’
आफ्नाे बच्चा उमेरमै डिभोर्स भएको र अहिले बुझ्ने भएको उनको भनाइ छ । ‘अहिले म २५ वर्षकी भएँ । अहिले धेरै कुरा बुझेजस्तो लाग्छ । त्यतिबेला नबुझेजस्तो । कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ । जुन समाजबाट म आएकी छु, त्यहाँ त्यसरी हेरिन्छ’ मिस पविले भनिन् ।
यसअघि पनि मिस पबीको विवाह भएर सम्बन्ध विच्छेद भएको समाचार र तस्बिर सार्वजनिक भए पनि उनले यसबारे केही बताएकी थिइनन् ।
















‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया