कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

मुस्ताङ। जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ ।
पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास, आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।
पर्यटन तथा उद्योग कार्यालयको आार्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनीले जानकारी दिए ।
कारागारभित्र कुल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्र्रमुख सहनीले बताए ।
कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षकसहित सिलाईकटाइसम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा तालिमको आज उद्घाटन गरे ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया