धनगढी-खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

गोदावरी (कैलाली) । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ ।
धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो ।
पुल निर्माणका लागि रु तीन करोड १५ लाखमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छ भने सुकुटी खोलामा धमाधम पिलर उठाइँदै छ ।
आयोजना कार्यालयका अनुसार १३ किलोमिटर सडक कालोपत्र भएको छ । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको ‘ट्रयाक’ खोलिएको हो । पहिलो चरणमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर र स्याउले– धनगढी १० किलोमिटर सडकको सर्भे भएको थियो ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणमा विलम्ब भएको छ ।
















आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया