शुक्रबार, वैशाख १२, २०८२

सरकार फेरबदलको सम्भावना छैन, हल्ला मात्र हाे : देउवा

मेरोन्यूज २०८२ वैशाख १२ गते १३:५७

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलको विषय हल्ला मात्र भएको बताएका छन् ।

बैंकक, थाइल्याण्डमा उपचार गरी आज स्वदेश फर्किएका कांग्रेस सभापति देउवाले सत्ता समीकरण फेरबदल हुने अनावश्यक हल्ला मात्रै भएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा देउवा फर्केपछि नयाँ समीकरणको लागि औपचारिक कुराकानी गर्ने जनाएको भोलीपल्ट देउवाले यस्तो धारणा राखेका हुन् ।
 

प्रतिक्रिया