सरकार ढल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास हुँदैछ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकार ढल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन् ।
बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताए ।
घिमिरेले पछिल्लो २० वर्षमा आँखाले देखिनेगरी धेरै परिवर्तन भएको जिकिर गरे ।
‘विगतको २० वर्षमा केही पनि भएन, व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता देखिँदैन,’ उनले भने, ‘व्यवस्था सँगसँगै अवस्थामा पनि ठूलो परिवर्तन भएको हामीले महसुस गरेका छौं ।’
अमेरिकाजस्तो देश नेपालमा खोजेर सम्भव नहुने घिमिरेको तर्क छ ।
‘तथ्यांकले मात्रै होइन यो हाम्रो आँखाले पनि देख्नेगरी आजभन्दा २० वर्ष अगाडिको समाज र अहिलेको समाजलाई हामीले तुलनात्मक ढंगले हेर्यौं भने निश्चय पनि यो हामीले देख्न सक्छौं,’ उनले भने, ‘संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश खोजेर आज नेपालमा सम्भव नहोला ।’
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया