शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आन्दोलनरत शिक्षकको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।
युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक आन्दोलनको २३ दिन बितिसक्दा पनि सरकार पक्षबाट सार्थक संवाद वा समाधानको प्रयास नहुनु आपत्तिजनक भएको बताए ।
युनियनले शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित हुँदा विद्यार्थी र अभिभावक अन्योलमा परेको उल्लेख गरेको छ । युनियनले शिक्षकको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै वार्ता र संवादद्वारा समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।
शिक्षकको हक, अधिकार र शिक्षक पेसाको गरिमाका सन्दर्भमा नेपाल ट्रेड युनियन कांग्रेस सधैँ शिक्षकका साथमा रहेको महासचिव राईले बताए । शिक्षकसँग अविलम्ब वार्ता गरी काममा फर्कने वातावरण निर्माणमा लाग्न आग्रह गरिएको छ ।















आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया