राष्ट्रसङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग

संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले २२ अप्रिलमा जम्मू–कश्मीरमा भएको आतङ्कवादी आक्राणको कडा निन्दा गर्दै न्यायको माग गरेको छ । आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । अप्रिल २५ मा जारी गरिएको प्रेस विज्ञप्तिमा काउन्सिलका अध्यक्ष फ्रान्सका जेरोम बोनाफन्टले पीडित भारत र नेपाल सरकार तथा पिडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
आक्रमणले विश्वव्यापी आक्रोश निम्त्याएको जनाउदै युएनएससीले अपराधीहरूलाई न्यायको कठघरामा ल्याउने तत्कालीन आवश्यकतामा जोड दिनुभएको छ । आतङ्कवाद विश्वव्यापी शान्ति र सुरक्षाका लागि खतरा भएको परिषद्ले उल्लेख गरेको छ ।
विज्ञप्तिमा कुनै पनि निर्दोष नागरिकहरूलाई लक्षित गरी आक्रमण गर्न नहुने विषयमा जोड दिएको छ । युएनएससीले जम्मू र कश्मीरको द्वन्द्वको प्रभावले आतङ्कवादी गतिविधिहरूमा बढ्दो अन्तर्राष्ट्रिय चिन्ता थपिएको जनाइएको छ । आक्रमण प्रतिको जवाफदेहितामा जोड दिँदै युएनएससीले आक्रमणका जिम्मेवारहरू विरुद्ध निर्णायक कारबाही गर्न आह्वान गरेको छ ।
विज्ञप्तिमा न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानुन र विद्यमान सुरक्षा परिषद्को प्रस्ताव अन्तर्गत सहयोग गर्न सबै राष्ट्रलाई आग्रहसमेत गरिएको छ । जानकारी साझा गर्ने, संदिग्धहरूलाई सुपुर्दगी गर्ने र आतङ्कवादी सञ्जाललाई आर्थिक सहयोग कटौती गर्नेजस्ता कुराहरू अपिलमा समावेश छन् ।
राजनीतिक, वैचारिक वा धार्मिक अभिप्रेरणाको प्रवाह नगरी आतङ्कवाद कुनै पनि परिस्थितिमा अन्यायपूर्ण रहेको विज्ञप्तिमा दोहोर्याइएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मानव अधिकार र मानवीय दायित्वहरू लगायत अन्तर्राष्ट्रिय कानूनको आधारमा आतङ्कवादसँग लड्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रको बडापत्रलाई आत्मसाथ गर्दै परिषद्ले मौलिक स्वतन्त्रताको रक्षा गर्दै सुरक्षा खतराहरूलाई सम्बोधन गर्न कानुनी र समन्वित उपायहरूको आवश्यकतालाई जोड दिएको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया