तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित

जुम्ला । जुम्लाको तीला गाउँपालिकामा सञ्चालित चारदिने विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविरमा ७६५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
यही वैशाख ११ देखि १२ गतेसम्म घोडेमहादेव स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा २६१ जनाको स्वास्थ्य जाँच गरिएको छ । त्यस्तै वैशाख १३ देखि १४ गतेसम्म कुडारी स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा ५०४ जनाले सेवा लिएको तिला गाउँपालिका स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ उत्तम देवकोटाले जानकारी दिए ।
उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको सक्रिय सहभागितामा सञ्चालित तिला गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट विशेषगरी स्त्रीरोग, हाड तथा नसा रोग र सामान्य चिकित्सासम्बन्धी सेवा उपलब्ध गराइएको छ । तिला–७ का जयबहादुर बुढाले पालिकाको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट स्थानीयले अपेक्षा गरेभन्दा बढी राहत पाएको बताउँदै यस किसिमका शिविर नियमित रुपमा आयोजना गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।
तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले स्थानीय जनताको माग र सुझावबमोजिम निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा अझ धेरै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने पक्षमा पालिका रहेको बताए ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया