पूर्वप्रधानमन्त्री भट्टराईबाट कश्मिर घटनाको निन्दा
मेरोन्यूज
२०८२ वैशाख १६ गते १०:२६

काठमाडौं– भारत भ्रमणमा रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।
डा. भट्टराईको सचिवालयका अनुसार उनले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग सोमबार भेटवार्ता गरेका हुन् ।भेटका क्रममा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा संवाद भएको जनाइएको छ ।
उक्त अवसरमा पूर्वप्रधानमन्त्री भट्टराईले हालै कश्मिरको पहेलगाममा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन् ।भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा गएका हुन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया