सेती प्रादेशिक अस्पतालको चौँथो तलबाट हाम फालेका बिरामीको मृत्यु
मेरोन्यूज
२०८२ वैशाख १६ गते १६:२३

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालमा चौँथो तलाबाट हाम फालेका एक बिरामीको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहको मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर प्रसाद श्रेष्ठका अनुसार मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित सिंह सोमबार अस्पतालमा भर्ना भएका थिए।
डायलासिस पश्चात् उनलाई मेडिकल वार्डमा सारेर उपचार भइरहेको थियो।
साथमा उनकी श्रीमती ईश्वरीदेवी सिंह पनि थिइन्। श्रीमतीलाई एकछिनमा आउँछु भन्दै निस्केका चक्रले मंगलबार दिउँसो अस्पतालको चौथो तलाबाट हाम फालेका थिए।
उनको शरीरको पूरै भागमा चोट लागेको थियो।
उपचारको क्रममा अस्पतालमा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया