प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति

गलकोट (बागलुङ) । यहाँको काठेखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति गरिएको छ । सो कार्यक्रममार्फत ७५ जनाले एक सय दिनको रोजगारी पाएका छन् । उनीहरुले वडा कार्यालयको साझेदारीमा सडक स्तरोन्नति गरेका छन् ।
चालु आर्थिक वर्षमा आठवटा सडक स्तरोन्नति तथा पदमार्ग निर्माण योजना सम्पन्न भइसकेको छ । अझै आठवटा योजना कार्यान्वयनको चरणमा छन् । जसमध्ये भिमापोखरा, बिहुँ, लेखानी, तङ्ग्राम र पालामा वडा कार्यालयको बजेट साझेदारी गरी सडक सोलिङ, ढलान तथा पदमार्ग निर्माण गरिएको छ ।
काठेखोला गाउँपालिकाका पाँचवटा वडाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आउने ज्यालामा साझेदार गरी नमूना रुपमा सडक ढलान गरेको हो । काठेखोला गाउँपालिका–२ भिमापोखरामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँग साझेदारी गरी वडाले मात्रै २२ लाख खर्च गरेर सडक स्तरोन्नति गरिएको वडाअध्यक्ष विद्यापति शर्माले जानकारी दिए ।
वडा कार्यालयमा सूचीकृत १४६ मध्ये पहिलो चरणमा नौ जनालाई रोजगारी प्रदान गरिएकामा वडा कार्यालयले तीनवटा सडक स्तरोन्नति गरिएको शर्माले बताए ।
“गाउँको मुख्य विकास भनेको सडक रहेछ, सडकका अप्ठ्यारा घुम्ती ढलान तथा उकालो सडकमा सोलिङ गर्दा यात्रालाई सहयोग पु¥याउने भएकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत प्राप्त रकममा वडाले साझेदारी गर्दै तीन ग्रामीण सडक स्तरोन्नति गरिएको छ,” शर्माले भने ।
काठेखोला गाउँपालिकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन वडाको साझेदारीमा सामग्री खरिद गरेर सडक स्तरोन्नति तथा पदमार्ग निर्माण गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए ।
थापाका अनुसार ज्यालाका लागि मात्रै प्राप्त बजेटमा वडा कार्यालयले निर्माण सामग्री र दक्ष कामदार थप्दा बजेट कार्यान्वयन प्रभावकारी बनेको बताए ।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया