सहिद र बेपत्ता व्यक्तिका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको छः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् । आज धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा आयोजित सहिद परिवारहरूसँग भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उनले सशस्त्र युद्ध सफल पार्न सहिद एवं बेपत्ता भएका व्यक्तिको महत्वपूर्ण योगदान रहेको स्मरण गरे ।
अध्यक्ष दाहालले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार हाल देशभर सहिद तथा बेपत्ता परिवारहरूसँग संवाद र भेटघाट गरी समस्या बुझ्ने काम भइरहेको बताए । ‘हामीले तपाईंहरूका पीडा बिर्सेका छैनौँ, बिर्सने पनि छैनौँ । म प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेका थियौँ । यो सहिद, बेपत्ता र परिवर्तनका लागि योगदान दिने सबैको सम्मानको विषय हो,’– उनले भने ।
कार्यक्रममा सहिद परिवारका तर्फबाट ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले सहिद र बेपत्ता परिवारको मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘समस्या जहाँ हुन्छ, त्यस समाधान पनि हुन्छ, सोहीअनुसार यहाँहरूले राखेका माग सम्बोधनको प्रयास गर्नेछौँ, नसके केन्द्रमा पु¥याएर अगाडि बढाउनेछौँ,’– उनले भने ।
अध्यक्ष दाहालले द्वन्द्वमा भएका घटनाको निकाश दिन सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनेको र त्यसकै आधारमा बाँकी प्रक्रियाले गति लिने धारणा राखे । उनले आयोग बनेपछि राज्यले सहिद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, प्रमाणपत्र वितरणलगायत सहिदहरूको सम्मान र स्मृतिका लागि आवश्यक काम गरिने बताए ।
सहिद र बेपत्ता भएका परिवारका कम्तीमा एक जनालाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको अध्यक्ष दाहालको भनाइ थियो ।















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
सामान्य अंकले बढ्यो सेयर बजार
प्रतिक्रिया