नौ बुँदे माग सम्बोधन गरे आन्दोलनको स्वरूप परिवर्तन गर्ने शिक्षक महासंघको निर्णय
मेरोन्यूज
२०८२ वैशाख १६ गते २०:४५

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना नौ बुँदे माग सम्बोधन गर्न सरकार तयार भए आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको महासंघको बैठकले सरकारले मन्त्रिपरिषदबाट पूरा गर्न सक्ने आफ्ना नौ बुँदे माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो।
बैठकपछि अहिले महासंघका प्रतिनिधि र सरकारबीच वार्ता भइरहेको छ।
महासंघको बैठकले आन्दोलन सँगसँगै सरकारसँग पूर्वसहमति कार्यान्वयनबारे स्पष्ट मार्गचित्रसहित निर्णायक वार्ता गर्ने सर्वसम्मत निर्णय गरेको थियो।
शिक्षा मन्त्रालयले दिउँसो ३ बजे वार्तामा बोलाएको थियो। शिक्षकहरूको बैठक लम्बिँदा वार्ता ५ घण्टा ढिलो सुरू भएको हो।
यसअघि सोमबार दुई चरणमा शिक्षक र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो। वार्ता सकारात्मक रहेको सरकारी पक्षको भनाइ थियो।
सम्बन्धित













कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया