भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन : बाबुराम भट्टराई

काठमाडौं । भारत भ्रमणबाट फर्किएका पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा लोकतान्त्रिक व्यवस्था उल्ट्याउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले भारतको नागरिक तहमा नेपालमा भइरहेका आन्दोलनबारे चासो देखिए पनि भारत सरकार र मुख्य शक्तिहरूले प्रतिगामी शक्तिहरूलाई समर्थन नगरेको बताए । “अनावश्यक भ्रम छरेर व्यवस्था बदलिने भनेर डराउनु पर्ने अवस्था छैन,” उनले भने ।
इपिजी प्रभावहीन भइसकेको भन्दै भट्टराईले नेपाल–भारत सम्बन्ध सुधारका लागि प्रधानमन्त्रीस्तरीय वार्ता आवश्यक भएको बताए । “इपिजीले काम गर्न नसकेको निष्कर्षमा भारत पुगिसकेको रहेछ, त्यसैले नयाँ विधि खोजिनुपर्छ,” उनको भनाइ थियो ।
उनले छिमेकीसँग सन्तुलित सम्बन्ध राख्दै, आत्मबलका साथ संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउँदै अघि बढ्नु अहिलेको आवश्यकता भएको पनि बताए । “कागले कान लग्यो भन्दैमा कागको पछि दौडिनु हुँदैन,” उनले जोड दिए ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया