आज वैशाख १७ गते बुधबार ? हेरौं राशिफल

काठमाडौं ।आज २०८२ साल वैशाख १७ गते बुधबार। वैशाख शुक्ल पक्षको तृतीया थिति। तदनुसार सन् २०२५ अप्रिल ३० तारिख। अक्षय तृतिया। सातु बाड्ने दिन। लुभुमा महालक्ष्मी भैरव यात्रा। शिव पार्वती विवाह। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : कार्यक्षेत्रमा तपाईँको बोलिले ठूलो कार्य सम्पादन हुनेछ। सांस्कृतिक विवाह आदि कार्यक्रमहरूमा सहभागी भइएला। शुभचिन्तकहरूको साथ र सहयोग जुट्नाले कार्यक्षेत्रमा उत्साह जाग्ने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष : कार्यक्षेत्रमा प्रतिष्ठा बढ्नेछ। लगनशीलताले कार्य पूरा गर्न सकिनेछ। मनपर्ने वस्तु अलंकार वा उपहार पाइने योग छ। आर्थिक पक्ष सबल रहनेछ। सरकारी कर्मचारीहरूको कार्यक्षेत्रमा सरूआको योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मिथुन : पुराना टाडीएका इष्टमित्रहरूसँग भेटघाटका योगछन्। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई शैक्षिक कार्यमा कठिनाइ महसुस हुनेछ। नोकरी वा कारोबारमा वातावरण अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : बिमारीहरूबाट मुक्ति मिल्नेछ। आर्थिक मामलाहरूमा ध्यान दिनुहोला। कार्यक्षेत्रमा हजुरको कार्यशैलीको प्रशंसा हुनेछ। पारिवारिक जीवनमा सम्बन्धलाई बेवास्ता नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : खर्चमा अधिकताले मन शान्त रहनेछ। कार्यक्षेत्रमा लापरवाह नहुनुहोला। शिक्षाको क्षेत्रमा भाग्यले साथ दिनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या : प्रतियोगी प्रतिक्षामा सफलता मिल्नेछ। घरपरिवारमा मांगलिक कार्यको शुभारम्भ हुनेछ। परिवारमा इष्टमित्रको सहयोगले धन कमाउने नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
तुला : प्रेम सम्बन्ध सुमधुर रहनेछ। घरपरिवारमा जग्गा जमिनका मुद्दा मामलाहरू सुल्झिनेछन्। पारिवारिक जीवनमा शुभ समाचार सुन्न मिल्ला। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक : जीवनसाथीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। कारोबारमा दुविधाको स्थितिमा कुनै निर्णय नलिनुहोला। समस्यालाई आफूभित्र राख्नुभन्दा घरपरिवारमा भन्नुहोस् समाधान निक्लिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
धनु : नँया कार्यको थालनीले मन उत्साहित रहनेछ। छरछिमेकीसँगको वादविवादबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा कामको मेसो नमिल्दा समय र अवस्था मा पछि परिएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
मकर : धैर्य र पराक्रमले आँटेको कार्य सम्पादन हुनेछ। मेहनतले आयस्रोत बढाउन सकिनेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सामाजिक वा धार्मिक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ : आकस्मिक नयाँ कार्यको योजना बन्नेछ। घरायसी कामधन्धामा खट्नुपर्ला। आत्मबलमा कमी आउनेछ वा निर्णय लिनु भन्दा अघि भगवानलाई स्मरण गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मीन :पठनपाठनमा र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। अरूको उपकारमा मन लाग्नेछ। राज्य पक्षको प्रशासनबाट सहयोग मिल्नेछ। रोकिएको कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
















सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया