जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै

काठमाडौं । तराई मधेस केन्द्रित दुइ दल बिच आज पार्टी एकीकरण हुदैँछ ।
संघीय संसदको सबैभन्दा ठुलो दल जनमत पार्टी र नागरिक उन्मुक्ति बिच आज पार्टी एकीकरण गरिन लागेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ः०० बजे देखी घोषणा सभा सुरू गरिने जनाइएको छ ।
जसअनुसार उन्मुक्तिका संरक्षक रेशम चौधरी एकता पछिको पार्टीमा पनि संरक्षक रहनेछन् भने सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमति भइसकेको छ।
साथै, उन्मुक्तिको चुनाव चिन्ह ढकियालाई स्विकार गर्दै पार्टीको नाम भने नागरिक जनमत पार्टी राखिने भएको छ। एकतासँगै सो पार्टी तराइ मधेस केन्द्रित दलको सबैभन्दा ठुलो पार्टी हुनेछ।
सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन भने २५ सदस्सीय केन्द्रिय पदाधिकारी, ५१ सदस्सीय केन्द्रिय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तिमा ७ सय केन्द्रिय सदस्य रहने भएका छन् ।
जसअनुसार दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ भने १० सिट नै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको समान हैसियतमा रहनेछ









प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
HoR election: 81 days to go: EC gearing up for polls
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया