लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट

काठमाडाैं । नेपालको लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयान नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत, लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई रु। १५,००० को नगद छुट, एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट, र हेलमेट निःशुल्क प्रदान गरिनेछ । यो अफर भने नगदमा खरिद गर्ने ग्राहकमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकहरूको सुविधाको लागि एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ, जसअनुसार ग्राहकहरूले पुरानो स्कुटर साटेर नयाँ लुयान स्कुटर सहज किस्तामा लिन सक्नेछन् ।
लुयान नेपालले काठमाडौंभित्र १७ स्थानमा सर्विस सेन्टर तथा चार्जिङ पोइन्ट सञ्चालन गरिरहेको छ । यो भनेको नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्ड मध्ये सबैभन्दा धेरै हो । जसले गर्दा ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध भइरहेको छ । साथै, नेपालभरका १३ प्रमुख शहरहरूमा लुयानको डिलर नेटवर्क रहेको छ ।
नेपालमा सबैभन्दा सस्तो, भरपर्दो, र सर्वसुलभ इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा लुयान चिनिँदै आएको छ । राम्रो तान्ने क्षमता, आयल कुल्ड मोटर, र कम मर्मत खर्चका कारण लुयान स्कुटरहरू नेपाली ग्राहकहरूका लागि पहिलो रोजाइ बन्दै गएका छन् ।
लुयानको एमएनके ३ र एस ९० अहिलेको बढी बिक्रि भइरहेको मोडेलहरु हो । एमएनके३ को छुटपछिको मुल्य १ लाख ७७ हजार ६ सय र एस ९० को मुल्य २ लाख १ सय मात्र रहेको छ ।
नयाँ वर्षको सुरुवातलाई अझ विशेष बनाउन लुयान नेपालको यो अफर आगामी बैशाख मसान्त सम्मका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।















हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया