नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने
मेरोन्यूज
२०८२ वैशाख १७ गते १५:४६

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने भएकोछ ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बिचमा एकीकरण घोषणा सभाको दिनमा नै संरक्षक रेशम चौधरीलाई पक्राउ गरिए पछि सो पार्टी सरकारबाट बाहिरिन लागेको हो ।
सो पार्टीवाट ओली सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन् ।
उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने जनाइएकाे छ ।
सर्वोच्च अदालतले बाँकी कैद भु्क्तान गर्नका लागि भन्दै उनलाई आज एकीकरण सभास्थल प्रज्ञा भवनवाट पक्राउ गरेको हो । उनी तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि रिहा भएका थिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया