रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले प्रहरीलाई अर्को पत्र पठाएको छ।
बुधबार कमलादीमा पार्टी एकता घोषणा स्थलबाट पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार पठाइएको केही समयमा नै सर्वोच्चले प्रहरीलाइ अर्को पत्र पठाएको हो । सर्वोच्चको पछिल्लो पत्रले चौधरीको रिहाइको बाटो खुलेको छ।
सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए। जसलाई प्रहरीले कार्यान्वयन गर्दै चौधरीलाई पक्राउ गरेको थियो।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले प्रहरीलाई अर्को पत्र पठाएको छ।
बुधबार कमलादीमा पार्टी एकता घोषणा स्थलबाट पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार पठाइएको थियो। तर सर्वोच्चको पछिल्लो पत्रले उनको रिहाइको बाटो खुलेको छ।
सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए। जसलाई प्रहरीले कार्यान्वयन गर्दै चौधरीलाई पक्राउ गरेको थियो।
तर, उक्त पत्रमा कुनै न्यायाधीशको आदेश नरहेको र विष्टले योगराज ढकाल (रिगल) को मुद्दाको नजिरलाई आधार बनाएर पत्र लेखेको खुलेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया