काठमाडौंको ठुलोभर्याङमा इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम उद्घाटन

काठमाडौं । विद्युतीय सवारीको प्रयोगमा उत्साहजनक वृद्धि भइरहेका बेला काठमाडौंको ठुलोभर्याङमा नयाँ इलेक्ट्रिक स्कुटर शोरूम उद्घाटन गरिएको छ ।
यो शोरूम जिरो इमिसन राइड एनको १४औं अधिकृत डिलर हो, जसले बजारमा लुयान र सारथी इकुटर जस्ता विश्वसनीय ब्रान्डका विद्युतीय स्कुटरहरू उपलब्ध गराउनेछ ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा राइडर्स युनियन नेपालका अध्यक्ष माधव प्रसाद पाण्डेले रिबन काटेर उद्घाटन गरेका छन् । उनले वातावरणमैत्री प्रविधि र विद्युतीय सवारीको आवश्यकतालाई जोड दिँदै नेपालमा यस्ता प्रवर्द्धनात्मक पहलको प्रशंसा गरे।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति रह्यो । जिरो इमिसन राइड एनका प्रबन्ध निर्देशक दुर्बस नगरकोटी, सिटिजन्स बैंक लिमिटेडकी शाखा प्रबन्धक श्रीमती रञ्जना पन्नाचन, र अटो व्यवसायी उत्तम गिरी लगायत उद्योग, बैंकिङ र व्यापार क्षेत्रका व्यक्तिहरूको सहभागिता देखिएको थियो । उनीहरूले पनि विद्युतीय यातायातले मुलुकको दिगो विकासमा खेल्न सक्ने भूमिकालाई सकारात्मक रूपमा प्रस्तुत गरे ।
शोरूममा ग्राहकको सुविधाका लागि फाइनान्स, एक्सचेन्ज, निःशुल्क चार्जिङ सेवा, र टेस्ट राइडको व्यवस्था गरिएको छ । यहाँ उपलब्ध लुयान र सारथी इकुटर ब्रान्डका स्कुटरहरू डिजिटल डिस्प्ले, की–लेस स्टार्ट, एन्टि–थेफ्ट अलार्म, युएसबी मोबाइल चार्जिङ पोर्ट, ३ मोड ड्राइभिङ, डिस्क ब्रेक, स्पेसियस बुट स्पेस जस्ता अत्याधुनिक फिचरले भरिपूर्ण छन् ।
लुयान ६ वर्षदेखि नेपालमा बिक्री भइरहेको, सबैभन्दा धेरै सर्भिस सेन्टर र चार्जिङ नेटवर्क भएको इलेक्ट्रिक स्कुटरको ब्रान्ड हो, जसले ग्राहकलाई सुलभ सेवा र भरपर्दो यात्रा अनुभव दिन सफल भएको छ ।
















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया