‘पेस्तोल डान्स’ भाइरल भएपछि जसपा नेतृले के भनिन् ?

काठमाडौं । पेस्तोल डान्सको भिडिओ भाइरल भएपछि जसपा नेतृ डा. बबी सिंह यादवले खेलौना बन्दुक भएको स्पष्टीकरण दिएकी छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले खेलौना पेस्तोल फायरलाई अतिरञ्जित नबनाई दिन आग्रह गरेकी हुन्।
उनले लेखेकी छिन्, ‘हिजोदेखि सामाजिक सञ्जालमा भाइरल बनाइएको एक भिडियोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाई बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।’
उनले आफ्नो परिवारका सदस्यहरूसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई अनुमति बिना सामाजिक सञ्जालमा हालेकोप्रति पनि घोर भर्त्सना गरेकी छिन्। ‘मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एक छिन भाइबहिनी र परिवारका सदस्यहरूसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई कुनै तथाकथित ‘युट्युब पत्रकार’ ले सन्दर्भ र अनुमति बिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्नु पत्रकारिताको अपमान मात्र होइन, प्रेस आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म घोर भर्त्सना गर्दछु’, उनले लेखेकी छिन्।
पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी नेतृ डा. बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा डान्स गर्दै पेस्तोल पड्काएकी थिइन् ।
उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रहरीले यसबारे अनुसन्धान अघि बढाएकाे छ ।
















चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया