बङ्गलादेशमा तीन दिने सामूहिक राजनीतिक र्याली सुरु

गत वर्षको विद्रोहपछि उत्सुकताका साथ प्रतीक्षा गरिएको चुनावका लागि समर्थन जुटाउँदै प्रतिद्वन्द्वी समूहहरूले ढाकामा सामूहिक प्रदर्शन गर्ने तयारी गर्दै बिहीबार बङ्गलादेशमा तीन दिने राजनीतिक र्यालीहरू सुरु भएका छन् ।
अगस्टमा भीडले स्वेच्छाचारी प्रधानमन्त्री शेख हसिनाको दरबारमा आक्रमण गर्दा उहाँ निर्वासनमा भागेपछि अन्तरिम सरकारको नेतृत्व गर्नुभएका नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मुहम्मद युनुसले डिसेम्बरको सुरुमा र पछिल्लोमा सन् २०२६ को मध्यसम्ममा चुनाव हुने बताउनुभएको छ ।
निर्वाचन जित्ने धेरै सम्भावना रहेको बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) ले ढाकामा मे दिवस र्याली आयोजना गर्ने भएको छ ।
“यो हालैको समयमा सबैभन्दा स्मरणीय भव्य र्याली हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौंँ”, बिएनपीका मिडिया अधिकारी साइरुल कबिर खानले भने ।
सबैभन्दा ठूलो इस्लामिक राजनीतिक पार्टी जमात–ए–इस्लामी पनि बिहीबार राजधानीका सडकहरूमा निस्कनेछ ।
पहिले हसिनाको शासनको नजिक रहेको जातीय पार्टीले पनि र्याली गर्नेछ । हसिनाको अवामी लिगलाई सत्तामा टाँसिरहन मद्दत गरेको आरोपमा अक्टोबरमा यसको कार्यालयहरू तोडफोड भएपछि यो यसको पहिलो बाहिरी राजनीतिक कार्यक्रम हुनेछ ।
















मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया