प्रचण्डको अपिल– छिट्टै ठूलो आन्दोलन हुँदैछ, तयार रहनू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै ठूलो आन्दोलन हुने बताएका छन् ।
बिहीबार १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आन्दोलनका लागि तयार रहन आग्रह गरे ।
“मजदुर साथीहरू, तपाईंहरू राम्रो तयारीमा जानुस्, हामी छिट्टै हामी ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ,” उनले भने ।
उनले तमाम समस्याका समाधान गर्न पार्टी तयार रहेको बताए । “तपाईंहरू विचार गर्नुहोला, समय छिट्टै नै आउँदै छ– एउटा नयाँ आन्दोलन, अभियान, क्रान्तिको । त्यसको नेतृत्व गर्न पार्टी तयार छ,” उनले भने ।
प्रचण्डले सरकारमा जाने रुचिसमेत नरहेको जिकिर गरे । “हामी अब फेरि एकचोटि यथास्थितिवादीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । हामी हाम्रो जनतासँगै ठिक छौँ, वर्गसँगै ठिक छौँ । तपाईंहरू कन्फ्युजनमा नपर्नुहोला,” उनले भने ।
झापादेखि कञ्चनपुरसम्म सञ्चालन गरिएको हुलाकी राजमार्ग केन्द्रित अभियानको प्रसंग उल्लेख गर्दै उनले जनताको घरघरमा पुगेर पीडा बुझेको र त्यही अनुभूतिका आधारमा माओवादी पार्टीले आफूलाई सुधारेर श्रमिक र किसानको असली पार्टी बनाउने दृढता व्यक्त गरे ।
















यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया