गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् ।
अहिलेको ब्यबस्थाबाट देशमा शान्ती, स्थायित्व र आर्थिक बिकासको सम्भावना नभएको भन्दै थापाले उदास,हतास र निरासालाई चिर्न ब्यबस्था परिबर्तन जरुरी भएकोमा जोड दिए । १६३ औ श्रमिक दिवसको अबसरमा आज राप्रपा नेपाल आबद्ध मजदुर संगठन टुकोनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सम्पुर्ण राजाबादी,हिन्दुबादी एक हुनुपर्ने अहिले समयको माग भएको समेत स्पष्ट पारे ।
बर्षा मौसम शुरु हुनु अगावै हामिले आन्दोलनको बाताबरण निर्माण गर्नुपर्ने भन्दै थापाले समान बिचार भएकाहरु सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुनेमा जोड दिए । सम्पुर्ण श्रमिकहरुमा बधाई शुभकामना दिदै थापाले राप्रपा नेपाल सदैब श्रमिकको हक हितको पक्षमा रहेको समेत स्पष्ट पारे । कार्यक्रममा तारानाथ लुइँटेल ,तेज कुरुङ्ग्वाङ्ग, यबती कार्की , हिक्मतजङ्ग भण्डारी , अजेलिया रन्जितकार लगायतले बोलेका थिए ।
















मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
प्रतिक्रिया