प्रधानमन्त्रीको प्रश्न– प्रहरीमाथि गाडी कुदाउनेहरू सत्तामा पुगे के गर्लान् ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनकाविरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन्।
एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)द्वारा आज यहाँ आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गरे।
‘फालिएको राजतन्त्र पक्षधरको अराजकता गत चैत १५ गतेको तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखियो। उनीहरुको प्रशंसा नगर्ने कलाकारको चलचित्र नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीले फेरि फर्कने कुचेष्टा गरिरहेका छन्। शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताको हातमा शासन सत्ता पुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ। उनीहरुले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन्। हामीले त्यस्तालाई जवाफ दिन सक्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यसमा श्रमजीवी वर्ग विगतमा झैँ सचेत हुनुपर्छ।’
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेको उल्लेख गर्दै उनले रगत पसिना बगाएर लोकतान्त्रिक प्रणाली ल्याएकाले यसको रक्षा गर्ने बताए। ‘हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरुले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लड्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो। बलिदानबाट निस्किएका झण्डा राता हुन्छन्। हाम्रो देशको झण्डामा पनि रातो रङ रहेको छ। हामी संघर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ’, प्रधानमन्त्री ओलीले भने।
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, नेपाल उद्योग वणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले आ-आफ्नो धारणा राखेका थिए।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया