शुक्रबार, वैशाख २५, २०८३

प्रिसाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल 

मेरोन्यूज २०८२ वैशाख १९ गते ८:५४

काठमाडौँ । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनामा परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल सुरु गरेको छ ।

Advertisement
NiccNicc

परराष्ट्र मन्त्री आरजु राणा देउवाले बिहीबार नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी छन् ।उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा बिहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनी बी.टेक साइन्सकी विद्यार्थी थिइन्।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया