शनिबार, वैशाख २०, २०८२

कांग्रेसले बोलायो संसदीय दलको बैठक

मेरोन्यूज २०८२ वैशाख १९ गते ११:३१

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।

बैठकमा सरकारले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया