धादिङको तिप्लिङमा सशस्त्रको बीओपी स्थापना

काठमाडौं । धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिका–१ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको बीओपी स्थापना भएको छ । गृहमन्त्री रमेश लेखकले वैशाख १९ गते उक्त बीओपीको उद्घाटन गरेका हुन् ।
धादिङ सदरमुकामबाट ७०–७५ किलोमटर टाढा र २२ सय मिटर उचाइमा रहेको यस बीओपी हाललाई सोही गाउँपालिकाले उपलब्ध गराएको भाडाको घरमा बसेको छ ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री माननीय रामनाथ अधिकारी, प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङ, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी माहनिरीक्षक राजु अर्याल, रुवीभ्याली गाँउपालिकाका प्रमुख रामसिंह तामाङलगायतको उपस्थिति थियो ।
यसअघि उत्तरतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, गोरखाको साम्दो, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलामा बीओपी स्थापना भइसकेको छ ।
योसँगै छिमेकी मुलुक चीनतर्फको सीमातर्फ ११ र छिमेकी मुलुक भारततर्फको सीमामा दुई सय ४४ गरी बीओपी संख्या जम्मा दुई सय ५५ पुगेको सशस्त्रका सहप्रवक्ता एसपी शैलेन्द्र थापाले जानकारी दिए ।
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया