एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी एसपी नेत्रमणि गिरीले औपचारिक रूपमा सम्हालेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ६५९६ को गत १५ गतेको पत्र आदेशानुसार एसपी गिरी रौतहट प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी गिरीको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय लगायत प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए।
तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको सरुवा भएपछि उनकै स्थानमा एसपी गिरी आएका हुन्।
बिना घुमुवाको १३ महीने कार्यकाल पूरा गरी एसपी घिमिरे दुई दिन अघी त्यहाँबाट रवाना भएका थिए। शून्य सहनशीलताको नीति लिएर कार्यकाल पूरा गरेका एसपी घिमिरेको बिदाई समारोहमा सैयौं नागरिकले भव्यरुपमा सम्मान गर्दै उनको खुलेरै सराहना गरेका थिए।
एसपी गिरी पनी घिमिरे सरह शून्य सहनशीलताको नीति सहित काम गर्ने जिल्ला बासीले बिश्वास लिएका छन्

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया