रुकुम पश्चिममा अफिमखेती नष्ट
मेरोन्यूज
२०८२ वैशाख १९ गते १९:४९

रुकुम पश्चिम । रुकुम पश्चिममा चैत महिनादेखि हालसम्म २ सय ३३ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको छ । चैतको पहिलो सातादेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा लगाएको अफिमखेती प्रहरीले नष्ट गरेको हो ।
आठबिसकोट नगरपालिका–१ मा ४०, वडा नं २ मा २३ र वडा नं ३ मा ५० रोपनीमा लागाएको लागुऔषध अफिमखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।
त्यस्तै वडा नं ५ मा १८, वडा नं ७ मा २६, वडा नं १२ मा ६, सानीभेरी गाउँपालिका–६ र बाँफीकोट गाउँपालिका–५ मा ३५\३५ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको उनले बताए ।
जङ्गलको बीचमा अफिमखेती गर्ने गरेकाले खेती गर्ने व्यक्तिको पहिचान गर्न तथा कारबाहीको दायरमा ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया