रुकुम पश्चिममा अफिमखेती नष्ट
मेरोन्यूज
२०८२ वैशाख १९ गते १९:४९

रुकुम पश्चिम । रुकुम पश्चिममा चैत महिनादेखि हालसम्म २ सय ३३ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको छ । चैतको पहिलो सातादेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा लगाएको अफिमखेती प्रहरीले नष्ट गरेको हो ।
आठबिसकोट नगरपालिका–१ मा ४०, वडा नं २ मा २३ र वडा नं ३ मा ५० रोपनीमा लागाएको लागुऔषध अफिमखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।
त्यस्तै वडा नं ५ मा १८, वडा नं ७ मा २६, वडा नं १२ मा ६, सानीभेरी गाउँपालिका–६ र बाँफीकोट गाउँपालिका–५ मा ३५\३५ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको उनले बताए ।
जङ्गलको बीचमा अफिमखेती गर्ने गरेकाले खेती गर्ने व्यक्तिको पहिचान गर्न तथा कारबाहीको दायरमा ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित










सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया