वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व संकलन
मेरोन्यूज
२०८२ वैशाख २० गते १२:५०

वीरगञ्ज (पर्सा) । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार राजस्व संककलन गरेको छ।
कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६१ दशमलव ३४ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए।
कार्यालयले साउन तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संककलन गरेको थियो।
त्यस्तै मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा चार अर्ब ६८ करोड र चैतमा चार अर्ब ५० करोड राजस्व संकलन गरेको छ। भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।
सम्बन्धित









एमाले महाधिवेशन : ओलीको अग्रता कायम
एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया