चन्दा सङ्कलन गरेर किरियाघर निर्माण

बागलुङ । बागलुङ बजारस्थित उपल्लाचौरका स्थानीयले चन्दा सङ्कलन गरी किरियाघर निर्माण गरेका छन् । दुःखद क्षण र काजकिरिया गर्न समस्या भएपछि बागलुङ नगरपालका–४ उपल्लाचौरका स्थानीयले सामुदायिक किरियाघर निर्माण गरेका हुन् ।
करिब रु २३ लाखको लागतमा निर्माण गरिएको भवनमा बास बस्न तीन वटा कोठा, तीन वटा शौचालय र तीन ठाउँमा पूजा गर्न, पिण्ड चढाउन मिल्ने सत्तल निर्माण गरिएको छ । यो भवन निर्माणका लागि नागरिकस्तरबाट स्वतःस्फुर्त रूपमा चन्दा सङ्कलन गरिएको हो ।
सामुदायिक भवनबाट काजकिरिया गर्न सबैका लागि सहज बनाउने उद्देश्यले चन्दा सङ्कलनमार्फत किरियाघर निर्माण गरिएको समितिका अध्यक्ष हरिबहादुर जिसीले बताए । उनका अनुसार मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पुर्याउने उद्देश्यले किरियापुत्री बसेर सहज रूपमा आवश्यक कर्म गर्न सकुन् भनेर भवन निर्माण गरिएको हो ।
“उपल्लाचौरमा घर भएका, भाडामा बस्ने र विपन्न गरिब नागरिकलाई काजकिरिया कर्म गर्न सहज होस् भन्ने उद्देश्यले सुविधा सम्पन्न किरिया भवन निर्माण गरिएको हो”, अध्यक्ष जिसीले भने, “बागलुङ–४ वडा कार्यालयको रु एक लाख ३६ हजार र अन्य रु २१ लाख ६४ हजार चन्दा सङ्कलनमार्फत भवन निर्माण भएको छ । साथै दुई सय ८७ जनाले रु पाँच हजारका दरले सहयोग गर्नुभएको छ । केहीले रु एक हजार, दुई हजार पनि सहयोग गर्नुभएको छ ।”
Shivam Cement
स्थानीय सामुदायिक वनको जग्गामा भवन निर्माण गरिएको छ । विसं २०७७ मा निर्माण सुरु गरिएको भवन कोरोना महामारीका कारण रोकिएर अहिले सम्पन्न भएको हो ।
आर्थिक सामाजिक हिसाबले कमजोर भएका कोही पनि काजकिरिया गर्नबाट बञ्चित हुन नपरोस् भनेर भवन निर्माण गरिएको समितिका सचिव रामकाजी भण्डारी बताए । उनका अनुसार उपल्लाचौरमा सहरीकरण बढ्दै गएपछि वडारचौरमा रहेका सत्तलमा किरिया गर्न नदिएपछि सामुदायिक भवन निर्माण गरिएको हो ।
उपल्लाचौरमा ग्राणीम क्षेत्र धम्जा, भीमापोखरा लगायतका क्षेत्रबाट आएर बसोबास गर्नेको सङ्ख्या धेरै छ । गाउँको जग्गा जमिन बिक्री गरेर आएकाहरूको गाउँ जाने ठाउँ पनि नभएपछि यो भवन प्रभावकारी विकल्प बन्ने विश्वास लिइएको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया