चन्दा सङ्कलन गरेर किरियाघर निर्माण

बागलुङ । बागलुङ बजारस्थित उपल्लाचौरका स्थानीयले चन्दा सङ्कलन गरी किरियाघर निर्माण गरेका छन् । दुःखद क्षण र काजकिरिया गर्न समस्या भएपछि बागलुङ नगरपालका–४ उपल्लाचौरका स्थानीयले सामुदायिक किरियाघर निर्माण गरेका हुन् ।
करिब रु २३ लाखको लागतमा निर्माण गरिएको भवनमा बास बस्न तीन वटा कोठा, तीन वटा शौचालय र तीन ठाउँमा पूजा गर्न, पिण्ड चढाउन मिल्ने सत्तल निर्माण गरिएको छ । यो भवन निर्माणका लागि नागरिकस्तरबाट स्वतःस्फुर्त रूपमा चन्दा सङ्कलन गरिएको हो ।
सामुदायिक भवनबाट काजकिरिया गर्न सबैका लागि सहज बनाउने उद्देश्यले चन्दा सङ्कलनमार्फत किरियाघर निर्माण गरिएको समितिका अध्यक्ष हरिबहादुर जिसीले बताए । उनका अनुसार मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पुर्याउने उद्देश्यले किरियापुत्री बसेर सहज रूपमा आवश्यक कर्म गर्न सकुन् भनेर भवन निर्माण गरिएको हो ।
“उपल्लाचौरमा घर भएका, भाडामा बस्ने र विपन्न गरिब नागरिकलाई काजकिरिया कर्म गर्न सहज होस् भन्ने उद्देश्यले सुविधा सम्पन्न किरिया भवन निर्माण गरिएको हो”, अध्यक्ष जिसीले भने, “बागलुङ–४ वडा कार्यालयको रु एक लाख ३६ हजार र अन्य रु २१ लाख ६४ हजार चन्दा सङ्कलनमार्फत भवन निर्माण भएको छ । साथै दुई सय ८७ जनाले रु पाँच हजारका दरले सहयोग गर्नुभएको छ । केहीले रु एक हजार, दुई हजार पनि सहयोग गर्नुभएको छ ।”
Shivam Cement
स्थानीय सामुदायिक वनको जग्गामा भवन निर्माण गरिएको छ । विसं २०७७ मा निर्माण सुरु गरिएको भवन कोरोना महामारीका कारण रोकिएर अहिले सम्पन्न भएको हो ।
आर्थिक सामाजिक हिसाबले कमजोर भएका कोही पनि काजकिरिया गर्नबाट बञ्चित हुन नपरोस् भनेर भवन निर्माण गरिएको समितिका सचिव रामकाजी भण्डारी बताए । उनका अनुसार उपल्लाचौरमा सहरीकरण बढ्दै गएपछि वडारचौरमा रहेका सत्तलमा किरिया गर्न नदिएपछि सामुदायिक भवन निर्माण गरिएको हो ।
उपल्लाचौरमा ग्राणीम क्षेत्र धम्जा, भीमापोखरा लगायतका क्षेत्रबाट आएर बसोबास गर्नेको सङ्ख्या धेरै छ । गाउँको जग्गा जमिन बिक्री गरेर आएकाहरूको गाउँ जाने ठाउँ पनि नभएपछि यो भवन प्रभावकारी विकल्प बन्ने विश्वास लिइएको छ ।










कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एनआईसी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्रीसम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा
पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
सरकारी कार्यालयमा हप्तामा एक-दुई दिन परम्परागत पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया