काठमाडौँबाट ९५ लाख रुपैयाँसहित चारजना पक्राउ
मेरोन्यूज
२०८२ वैशाख २१ गते २०:५२

काठमाडौं। काठमाडौँबाट ९५ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन्।
आइतबार अपरान्ह काठमाडौँको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडी सडकबाट दुईवटा मोटरसाइकलमा रहेका उनीहरूलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी गाउँपालिका १ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।
उनीहरूको साथमा रहेको झोखा खानतलासी गर्दा ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत उनीहरूले खुलाउन नसकेको प्रहरीको दाबी छ।
थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया