प्रतिनिधिसभा बैठक आज बस्दै,यस्ताे छ सम्भावित कार्यसूची
मेरोन्यूज
२०८२ वैशाख २२ गते ७:१४

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे सुरु हुनेछ ।
बैठकमा सरकारले यही वैशाख १९ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १९ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनपछि छलफल गरिने संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित
















नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया