पर्यटन आगामनमा कीर्तिमान, अप्रिलमा मात्रै १ लाख १६ हजार बढी

काठमाडौं । गत अप्रिल २०२५ मा १ लाख १६ हजार ४९० अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपालको पर्यटन इतिहासमा सबैभन्दा राम्रो अप्रिल महिना भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। जुन कोभिड महामारी पछि अप्रिलमा आएका पर्यटनको संख्या १०६.५ प्रतिशत बढी भएको बोर्डको दावी छ ।
‘पूर्व महामारी स्तरमा पुगेका छौं, बलियो रिकभरी र नेपालमा बढ्दो विश्वव्यापी चासो बढेको देखिएको छ,’ बोर्डका सिइयो दिपकराज जोशीले भने, ‘पर्यटनमा यो खालको उल्लेख्य वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सम्भाव्यताको प्रमाण हो।’
बोर्डका अनुसार सबैभन्दा बढी छिमेकी मुलुक भारतवाट नेपाल भ्रमण भएको छ भने दोस्रो स्थानमा अमेरिका रहेको छ । जसअनुसार अप्रिल महिनामा दक्षिण छिमेकी मुलुक भारतवाट मात्रै २५ हजार ९३३, अमेरिकावाट १० हजार ५३ जनाले भ्रमण गरेका छन् ।
साथै, उत्तरी छिमेकी मुलुकवाट ९ हजार ३७ पर्यटक नेपाल आएका छन भने बेलायत र बंगालादेशबाट क्रमशः ६ हजार ७ सय ३८ र ५ हजार ३ सय ९८ जनाले नेपाल भ्रमण गरेका छन् ।
पर्यटन बोर्डका अनुसार गत जनवरी देखी अप्रिलसम्म ४ लाख १५ हजार ४८ जना बिभिन्न देशका पर्यटक नेपाल भित्रिएका छन ।










राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया