मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन सुरू

मुस्ताङ। मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा संकलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा संकलन फुकुवा गरेका हुन् ।
यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेका संरक्षण व्यवस्थान समिति (सिएमसी)ले यार्सा संकलन अनुमति प्रदानका लागि एक्याप कार्यालयमा निवेदन पेस गरेका थिए । सोही पत्रका आधारमा एक्यापले संरक्षण नियमावलीमा अधीनमा रहेर तोकिएको सर्त पालना गर्नेगरी निवदेन पेस गरेका संरक्षण व्यवस्थापन समितिहरूलाई यार्सागुम्बा संकलन अनुमति प्रदान गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए ।
हालसम्म मुस्ताङका तीनवटा संरक्षण व्यवस्थापन समितिले एक्याप कार्यालयबाट यार्सा संकलन अनुमतिपत्र लिइसकेको र अरू समिति पनि क्रमशः अनुमतिका लागि आउने क्रममा रहेको बताए । मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका उच्चलेक तथा पाटनमा बहुमूल्य जटीबुटी यार्सागुम्बा पाइने गर्छ ।
मुस्ताङको थासाङस्थित कोवाङ र टुकुचेको उच्चलेक तथा पाटनमा वैशाखको पहिलो सातादेखि यार्सा सङ्कलन सुरू भएको संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले जानकारी दिए ।
थासाङको कोवाङलेमा यार्सा सङ्कलनका लागि स्थानीयलाई तीन हजार र जिल्लाबाहिरका नागरिकहरूलाई छ हजार शुल्क तोकिएको संरक्षण व्यवस्थापन समिति अध्यक्ष जीवन थकालीले बताए । अहिलेसम्म स्थानीय २२ जना र जिल्लाबाहिरका १०० गरी कुल १२२ जनाले यार्सा संकलन अनुमतिपत्र लिइसकेको उनले जानकारी दिए । कोवाङ समितिअन्तर्गत मूली खर्क, मार्चेलेकलगायत आधा दर्जन पाटनमा यार्सा सङ्कलन गर्ने सुविधा रहेको अध्यक्ष थकालीको भनाइ छ ।
यसैगरी, थासाङको टुकुचेमा पनि धमाधम यार्सा सङ्कलन पुँजी वितरण भइरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेका सचिव दीपसागर थकालीले उल्लेख गरे । टुकुचे समितिबाट ३ वैशाखदेखि यार्सा पुर्जी वितरण भइरहेकामा अहिलेसम्म ५५ जनाभन्दा बढी यार्सा संकलन गर्न लेकतर्फ प्रस्थान गरिसकेको सचिव थकालीले जानकारी दिए ।
थासाङको कोवाङ समितिले स्थानीयलाई एक हजार र अन्य व्यक्तिलाई तीन हजार शुल्क उठाउने गरेको सचिव थकालीले बताए । थासाङको टुकुचे समितिबाट पुर्जी लिएकाले मार्चेलेक, बतासेलेक चिउदोखर्क र धम्पुसलेकमा यार्सा सङ्कलन गर्न पाउने सचिव थकालीको भनाइ छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा पनि सोमबारदेखि यार्सा सङ्कलन सुरू भएको संरक्षण व्यवस्थापन समिति जोमसोमका सचिव पवन गुरूङले जानकारी दिए । एक्यापको अनुमतिमा समितिमार्फत पहिलो दिन ४० जनालाई यार्सा सङ्कलन अनुमतिपत्र वितरण गरिएको सचिव गुरूङको भनाइ छ ।
जोमसोम संरक्षण व्यवस्थापन समितिले संकलनलाई स्थानीय कुरिया दर्ता भएकोलाई चार हजार र कुरिया दर्ता नभएको र अन्यलाई ६ हजार यार्सा संकलन शुल्क लिने गरेको सचिव गुरूङले उल्लेख गरे । यार्सा सङ्कलन पास वितरण एक हप्तासम्म रहने सचिव गुरूङले जनाए ।
मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिकामा यार्सागुम्बा संकलन सुरू हुँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यार्सा सङ्कलन कार्य सुरू भइनसकेको मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिका सचिव लाक्पाटसी गुरूङले जानकारी दिए । मुक्तिनाथ समितिले अझै यार्सा संकलनका लागि एक्यापसँग पूर्वस्वीकृति समेत लिएको छैन । समितिका सचिव लाक्पाटसी गुरूङले यार्सा संकलन पुर्जी वितरणका लागि चाँडै नै समितिको बैठक बसेर निर्णय लिइने जानकारी दिए ।
“हामी कहाँ अन्यत्रको भन्दा केही ढिलो सुरू हुन्छ, यसको कारण उच्चलेक र पाटनमा हिउँ जमेको छ,” सचिव गुरूङले भने, “सम्भवतः जेठको दोस्रो साता यार्सा सङ्कलन फुकुवा गर्ने कुरा छ, हामी त्यही अनुसारको सुविधा दिनेगरी अघि बढ्छौँ ।”
मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले आफ्नो मातहतमा पर्ने मुक्तिनाथलेक, रिसम्वालेक, नेरलेक र लुप्रालेकलगायतमा यार्सा सङ्कलन पुर्जी दिने गरेको सचिव गुरूङको भनाइ छ । गत वर्ष समितिले १ जेठदेखि यार्सा संकलन अनुमति दिएको र यो वर्ष केही ढिला हुनसक्ने बताए । मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले गत वर्ष स्थानीयलाई दुई हजार र अन्यलाई सात हजार शुल्क लिएको सचिव गुरूङले जानकारी दिए ।
यस्तै, मुस्ताङका अन्य लेकमा पनि आंशिक रूपमा यार्सा सङ्कलन हुने गरेको छ । एक्यापको अनुमतिमा सम्बन्धित समितिले संकलन गरेको यार्सा सङ्कलन शुल्क समितिले सामाजिक कार्यका लागि खर्च गर्न पाउने अधिकार छ । मुस्ताङमा एक्यापले १५ असारसम्म उच्चलेक र पाटनमा यार्सा संकलन गर्न पाउनेगरी सम्बन्धित संरक्षण व्यवस्थापन समितिलाई अनुमति प्रदान गरेको हो ।
यार्सा संकलन अवधिभर सम्भावित सुरक्षा जोखिम र दुर्घटना न्यूनीकरण गर्न सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने र संकलकलाई सचेत बनाउने, वन्यजन्तु तथा अन्य वनपैदावारहरूको संरक्षणका लागि चोरी–सिकारी र अवैध गतिविधि हुन नदिने, वन डेढेलो हुनबाट रोक्ने र उच्चलेक र पाटनमा फोहोर प्रदूषण गर्न नपाइने गरी संकलकलाई सचेत गराइएको छ ।
एक्याप, डिभिजन वन कार्यालय, संरक्षण व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूले सम्बन्धित स्थानमा नियमित यार्सा संकलन क्षेत्रमा पुगेर अनुगमन गर्ने निर्णय गरिएको छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया