रास्वपाको प्रश्न- जिबी राईलाई पक्राउ गरेर कहिले नेपाल ल्याइन्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पराजुलीले सरकार सञ्चालनको दश महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाए। सरकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्ता समेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उनकाे आरोप छ।
‘तपाईंकै पार्टीले सरकार सञ्चालन गरेको दश महिना पूरा भइसक्यो। गितेन्द्रबाबु(जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? जनताले प्रश्न सोध्ने गरेका छन्,’ पराजुलीले भने, ‘बाहिर आएअनुसार १६ अर्बमध्ये ७ अर्ब मात्र जिबी राईले आफूले ल्याएको र तिर्छु भन्ने सुनियो। ९ अर्बको भागेदार को को हुन् भन्ने तथ्यको उजागर हुने हुँदा जिबी राईलाई पक्राउ नगरिएको हो भनेर जनता त हल्ला गर्दै छन् नि । के त्यस्तै हो ? सहकारी पीडितको रकम नै फिर्ता गर्न सरकारलाई अघिल्लो वर्ष सुझाव नै पेस गरेको छ ।’
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया