शुक्रबार, वैशाख २५, २०८३

नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयाे : अध्यक्ष प्रचण्ड

मेरोन्यूज २०८२ वैशाख २२ गते १४:०८

काठमाडौंं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम कर्मकाण्डी बनाइएको टिप्पणी गरेका छन् ।

Advertisement
NiccNicc

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै प्रचण्डले सरकारले नीति तथा कार्यक्रमको तयारीलाई कर्मकाण्डी बनाइएको आरोप लगाए।

“गत वर्ष अध्यादेशमार्फत बजेट प्रस्तुत हुनभन्दा तीन महिना अघि नै नीति तथा कार्यक्रमबारे नयाँ क्यालेन्डर बनाएर काम सुरु गरेका थियौँ । यो लोकतान्त्रिक विधि लागु हुन सकेको भए सरकारको नीति तथाा कार्यकम निर्माणमा जनप्रतिनिधिहरूका सुझाव समावेश गर्न सहज हुन्थ्यो,” उनले भने ।

उनले सरकारले जे गरे नि हुन्छ भन्ने दम्भ देखाएको बताए । “यो सरकारले गत सरकारको यो निर्णयलाई के आधारमा खारेज गर्‍यो र फेरि अहिले कर्मकाण्डी तरिकाले नीति कार्यक्रम प्रस्तुत गरिएको छ । सरकारसँग संख्या छ, जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन छ,” उनले भने ।

उनले नीति कार्यक्रमलाई कर्मकाण्डी बनाइएकोबाट सच्चाउन आग्रह गरे । “नीति तथा कार्यक्रम र बजेटबारे संसद्‌मा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइयो । फेरि, एउटा औपचारिकतामा यसलाई प्रस्तुत गरियो । म सच्याउन माग गर्दछु,” उनले भने ।

प्रतिक्रिया