किराना सामानमा लुकाएर अबैध कपडा पाल्पा लैजादै गर्दा सशस्त्र प्रहरीको फन्दामा

पाल्पा। किराना सामानभित्र लुकाई छिपाई लैजाँदै गरेको १८ पोका लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरीले पाल्पाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् ।
रुपन्देहीको भैरहवाबाट म्याग्दितर्फ जाँदै गरेको लु. १ ख ५४५३ नम्बरको ट्रक पाल्पा जिल्लाको तानसेन नगरपालिका–१ राईडाडा स्थित सिद्धार्थ राजमार्गबाट बैशाख २१ गते राती साढे १ बजे नियन्त्रणमा लिईएको हो ।
ट्रक नियन्त्रणमा लिने क्रममा चालक फरार भएका छ्न् भने ट्रकका सहचालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने २० वर्षिय मिखिल पुनलाई नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पाबाट खटिएको सुरक्षा फौजले बिल बिजक नभएको अबैध कपडा सहितको ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकमा किराना तथा खाद्यान्नका सामान भित्र १८ पोका लत्ताकपडा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको छ ।
ट्रकमा रहेको किराना तथा खाद्यान्न सामानको विलविजक भेटिएको छ भने लत्ताकपडाकोे विलविजक नभएको पाइएको छ ।
रुपन्देहको सिद्धार्थनगर–४ गल्लामण्डी भैरहवाको प्रतिक किराना स्टोरबाट सम्झाना ट्रेडर्स म्याग्दी बेनी को नाममा बनाइएको बिलबिजक सहितको किराना सामानमा लुकाएर कपडा लैजान लगिएको थियो ।
नियन्त्रणमा लिएको ट्रक र सहचालक सहित आवश्यक कारबाहिको लागि लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।













US ambassador pays farewell call to President Paudel
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
नेकपा परित्याग गर्दै नन्दकिशोर यादव जसपा नेपाल प्रवेश
रहबर अन्सारीले छाडे पार्टी
Government prepares for observing National Yoga Day
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
प्रतिक्रिया