सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता

भारतको भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार लखनउमा भेटवार्ता भएको छ ।
मुख्यमन्त्री शाह र समकक्षी आदित्यनाथबीच दुई देशको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीबीच देहरादुनमा भेटवार्ता भएको थियो ।
भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषयमा छलफल भएको थियो । यस्तै, मुख्यमन्त्री शाह र उत्तराखण्डका राज्यपाल गुरमित सिंहबीच समेत छुट्टै भेटवार्ता भएको थियो ।
मुख्यमन्त्री नेतृत्वको टोली सोमबारै धनगढी फर्किने बताइएको छ । भारत सरकारको औपचारिक निमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली यही १६ वैशाखमा भारत भ्रमणमा गएको हो ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया