कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि

काठमाडौं । नेपाली कांग्रेसले प्रथम राष्ट्रपति र बहालवाला राष्ट्रपतिका छोरा–छोरीलाई प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।
कांग्रेसले प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा र हालका राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको हो ।कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ ।
कांग्रेसले केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीलाई पनि समाुनपातिकतर्फको उम्मेदवार बनाएको छ । बन्दसूचीमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थको नाम पनि समावेश छ ।
कांग्रेसले बन्दसूचीका लागि आयोगमा पेस गरेको ‘कभर लेटर’ मा पहिलो नम्बरमा सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नाम उल्लेख गरिएको छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया