अनुदानमा साना सिँचाइ कार्यक्रम

कञ्चनपुर । कृषिको उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिकाले अनुदानमा साना सिँचाइका कार्यक्रमलाई प्राथमिकता राखेको छ ।
चार वर्षमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा टि–बोरिङ एक सय २४, डिपबोरिङ तीन र स्यालो टयुबेल ३२ किसानलाई उपलब्ध गराएको छ । नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा स्यालो टयुबेल २६, २०७९/८० मा टिबोरिङ ६६, डिपबोरिङ तीन र आव २०८०/८१ मा टिबोरिङ ४२, स्यालो टयुबेल छ र आरटेजन बोरिङ तीन वटा किसानको खेतमा जडान गरिएका छन् ।
चालु आवमा नगरपालिकाको कृषि विकास शाखाबाट १० वटा र वडा नं ४ को बजेटबाट छवटा गरी १६ वटा टिबोरिङ किसानलाई उपलब्ध गराइएको छ । कृषि समूह, सहकारी, कृषि फार्ममार्फत किसानलाई अनुदानमा टिबोरिङ, स्यालो टयुबेल, डिप टयुबेल जडान गरिएको शाखा प्रमुख धामीले बताए ।
भूमिगत जलस्रोतमा आधारित सिँचाइ प्रणालीमा जोड दिइएपछि किसानलाई खेतबारीमा लगाइने तरकारी बाली, अन्नबाली, उखुलगायत नगदे बालीमा सिँचाइ गर्न सहज भएको छ । अनुदानमा टिबोरिङ, स्यालो टयुबेल, डिपटयुबेललगायत उपलब्ध गराउने कार्यले नगरपालिकामा खेतीयोग्य जग्गाको ६५ प्रतिशत भागमा सिँचाइ सुविधा उपलब्ध भएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरले बताए।
उनका अनुसार निजी क्षेत्रबाट जडान गरिएका र अनुदानमा उपलब्ध गराइएका टिबोरिङ, स्यालो टयुबेल, डिपटयुबेलबाट गरी नगरपालिकाको खेतीयोग्य जग्गाको झण्डै ९० प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको छ । “सिँचाइको उपलब्धताले कृषिको उत्पादकत्व वृद्धि गर्न र किसानलाई समयमै खेती गर्न सहज भएको छ”, उनले भने, “सिँचाइकै सुविधाले विगतको तुलनामा व्यावसायिक खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।”
किसानले मौसमी र बेमौसी दुवैथरिको खेतीमा संलग्न रहँदै आएको उनको भनाइ छ । शुक्लाफाँटा–९ का किसान धनिराम चौधरीले अनुदानमा टिबोरिङ जडान भएपछि खेती समयमै लगाउन पाइएको बताए । “विगतमा सिँचाइ सुविधा नहुँदा अकासे पानीको भर पर्नुपर्थ्यो, थोरै अन्न उत्पादन हुँदा परिवार पाल्न समस्या हुन्थ्यो”, उनले भने, “बोरिङ जडान भएपछि समयमै खेती गरिने भएकाले अन्न उत्पादन वृद्धि हुन थालेको छ ।”
















‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया