रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।
उनले संसद्मा भनिन्, ‘प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । रेशम चौधरीप्रति भएको घटनाको सरकारले सार्वजनिक जवाफ देओस् ।’
चौधरीको गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको रञ्जिताले बताइन् । उनले भनिन्, ‘यहाँ केवल एक जनाको गिरफ्तारी होइन संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ ।’
आफूहरु सरकारमै रहेको भन्दै एउटा जनप्रतिनिधि भइसकेको, पार्टीको संरक्षक यसरी कार्यक्रम स्थलबाटै कसरी पक्राउ हुन्छन् भन्दै उनले प्रश्न समेत गरिन्।
‘म सरकारमै छु। हामी सत्ता पक्षमै छौँ, तर, लोकतन्त्रको मुल आत्मा भनेको सत्यको पक्षमा उभिनु हो,’ श्रेष्ठले भनिन्, ‘तर, म सरकारसँग प्रश्न गर्न चाहन्छु- कसरी एक निर्वाचित प्रतिनिधि कार्यक्रमस्थलबाटै यस्तो तवरबाट पक्राउ पर्छन्।’
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया