रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।
उनले संसद्मा भनिन्, ‘प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । रेशम चौधरीप्रति भएको घटनाको सरकारले सार्वजनिक जवाफ देओस् ।’
चौधरीको गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको रञ्जिताले बताइन् । उनले भनिन्, ‘यहाँ केवल एक जनाको गिरफ्तारी होइन संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ ।’
आफूहरु सरकारमै रहेको भन्दै एउटा जनप्रतिनिधि भइसकेको, पार्टीको संरक्षक यसरी कार्यक्रम स्थलबाटै कसरी पक्राउ हुन्छन् भन्दै उनले प्रश्न समेत गरिन्।
‘म सरकारमै छु। हामी सत्ता पक्षमै छौँ, तर, लोकतन्त्रको मुल आत्मा भनेको सत्यको पक्षमा उभिनु हो,’ श्रेष्ठले भनिन्, ‘तर, म सरकारसँग प्रश्न गर्न चाहन्छु- कसरी एक निर्वाचित प्रतिनिधि कार्यक्रमस्थलबाटै यस्तो तवरबाट पक्राउ पर्छन्।’













Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ : देवराज घिमिरे
भरतपुर अस्पतालमा बिरामीको चाप
कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया