गाजामा युद्ध सुरु भएदेखि १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु

सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् । उनीहरूका अनुसार हरेक ४० मिनेटमा एक बच्चाको मृत्यु भइरहेको छ
गाजाका स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सले मृतकमा १६ हजार दुई सय ७८ बालबालिका रहेका र तीमध्ये नौ सय आठ शिशु र तीन सय ११ नवजात शिशुहरू जन्म पछि मरेको बताए ।
आवश्यक स्वास्थ्य सेवामा बाधा पु¥याउँदै इजरायलले मार्चको सुरुमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको उनले प्रकाश पारे । यसले हजारौँ बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा सङ्कटलाई अझ बढाएको छ ।
इजरायलले पूर्वाधारलाई लक्षित गरेको र सहयोग अस्वीकार गरेको कारण धेरै बालबालिका स्वच्छ पिउने पानी र उचित पोषणमा सीमित पहुँचका साथ दिनको एउटा मात्र अपूर्ण खानामा बाँचिरहेको उनले बताए ।
उनका अनुसार हजारौँ बालबालिका आधारभूत आवश्यकताबिना विस्थापन केन्द्रमा बसिरहेका छन् भने गर्भवतीहरूले अस्पताल पुग्न महत्त्वपूर्ण चुनौतीको सामना गर्नुपरेको छ ।
हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो । पक्षहरू गतिरोधमा रहेका कारण दोस्रो चरण अझै साकार हुन सकेको छैन ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया