अविरल वर्षाका कारण गुजरातमा १४ जनाको मृत्यु
मेरोन्यूज
२०८२ वैशाख २३ गते २१:१२

भारतको पश्चिमी राज्य गुजरातमा सोमबार रातिदेखि परेको असमयिक चट्याङ, मेघगर्जन, वर्षा र तीव्र हावाहुरीका कारण १४ जनाको दुःखद निधन भएको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राज्यका १६८ स्थानमा पछिल्लो २४ घण्टामा वर्षा र हावाहुरीको प्रभाव परेको छ ।
अधिकारीहरूका अनुसार रुख ढल्दा, घर भत्किँदा र करेन्ट लाग्दा तथा चट्याङ पर्दा यी घटनाहरू भएका हुन्। स्थानीयवासीहरूका अनुसार तीव्र हावाले आँपका बगैँचाहरू र बागबानी खेतीमा समेत ठूलो क्षति पु¥याएको छ ।
भारत मौसम विज्ञान विभागले आगामी केही दिनसम्म पनि राज्यका विभिन्न स्थानहरूमा ५०–६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने, चट्याङसहित मेघगर्जन र वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सम्बन्धित















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया