नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।
यस सुखद अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू भव्यतापूर्वक सन्चालन गरेको हो ।
यस अवसरमा कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको विरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौँमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगंजमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदरुपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सन्चालन गरेको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्नुहुने संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनी महानुभावहरु, सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, नियामक निकायहरुका साथसाथैे सबै सरोकारवालाहरुमा धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भएको छ र आगामी दिनमा सबैको माया, विश्वास र सहकार्य संस्थाले पाईरहने अपेक्षा रहेको बताए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया