शुक्रबार, वैशाख २५, २०८३

पर्वतमा युवा संघकै कार्यकर्ताबीच झडप हुँदा दुई घाइते

मेरोन्यूज २०८२ वैशाख २४ गते १६:१९

काठमाडौँ। राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा झडप भएको छ। पर्वत जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा पार्टीका दुई पक्षबीच दुई पक्षबीच विवाद भएपछि झडप भएको हो।

Advertisement
NiccNicc

झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन्।

पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

गणेश तिमिल्सिना र पदम गिरी समूहबीच झगडा भएको बुझिएको छ।

गिरी पक्षले बुधबार अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो।

गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गर्दा झडप भएको बुझिएको छ।

प्रतिक्रिया