पर्वतमा युवा संघकै कार्यकर्ताबीच झडप हुँदा दुई घाइते
मेरोन्यूज
२०८२ वैशाख २४ गते १६:१९

काठमाडौँ। राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा झडप भएको छ। पर्वत जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा पार्टीका दुई पक्षबीच दुई पक्षबीच विवाद भएपछि झडप भएको हो।
झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन्।
पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
गणेश तिमिल्सिना र पदम गिरी समूहबीच झगडा भएको बुझिएको छ।
गिरी पक्षले बुधबार अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो।
गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गर्दा झडप भएको बुझिएको छ।
सम्बन्धित













Discussions ongoing on reports in NC’s Special General Convention
निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ : देवराज घिमिरे
भरतपुर अस्पतालमा बिरामीको चाप
कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया