भारु १५ लाखसहित एक जना पक्राउ
मेरोन्यूज
२०८२ वैशाख २४ गते २२:०१

बनियानी । झापाको मेचीनगर-७ स्थित जोरसिमलबाट आज प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको गस्तीले मेचीनगर–७ स्थित जोरसिमलमा काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बसमा शंका लागि जाँच गर्ने क्रममा भारु १४ लाख ९९ हजार सात सयसहित मोरङ उर्लाबारी-८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिए ।
बरामद नगदसहित कार्कीलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, इटहरीमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सम्बन्धित















रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया