भारु १५ लाखसहित एक जना पक्राउ
मेरोन्यूज
२०८२ वैशाख २४ गते २२:०१

बनियानी । झापाको मेचीनगर-७ स्थित जोरसिमलबाट आज प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको गस्तीले मेचीनगर–७ स्थित जोरसिमलमा काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बसमा शंका लागि जाँच गर्ने क्रममा भारु १४ लाख ९९ हजार सात सयसहित मोरङ उर्लाबारी-८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिए ।
बरामद नगदसहित कार्कीलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, इटहरीमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सम्बन्धित














पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया