आइतबार, वैशाख २७, २०८३

पाकिस्तानमाथि भारतले चलाएकाे ‘अपरेसन सिन्दूर’लाई माओवादी नेता जर्नादन शर्माकाे सर्मथन

मेरोन्यूज २०८२ वैशाख २५ गते १२:५९

काठमाडौं । भारत र पाकिस्तानबीच भइरहेको तनावमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा भारतको पक्षमा उभिएका छन् ।

Advertisement
NiccNicc

भारतले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई सर्मथन गर्दै नेता जर्नादनले आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका छन् ।

बिहिबार सामाजिकसञ्जालमा एक स्टाटस लेख्दै जर्नादनले भनेका छन्, ‘भारतले आतंकवाद विरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो। साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवस्यक छ।’

उनको यो स्टाटस आएसँगै विभिन्न टिका-टिप्पणी हुन थालेका छन् । अन्य देशको मामलामा यसरी खुलेरै सर्मथन वा विरोध गर्ने खालका अभिव्यक्ति दिनु शोभा नदिने धेरैको भनाइ छ ।

भारतले मंगलबार राति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर कम्तिमा ३० जना मारिएका छन् ।

भारतले यसलाई दुई साताअघि एक नेपालीसहित २६ जना भारतीय नागरिकको जम्मु कश्मिरको वैसरण उपत्यकामा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ गरिएको बताएको छ । याे हमलालाई भारतले ‘अपरेशन सिंदुर’ भनेको छ ।

प्रतिक्रिया